तिज गीतमा बिकृती, चर्चामा आउन हतार किन? अश्लिल शब्द प्रयोग गरिदै(भिडियो)

काठमाडौं। हिन्दु नेपाली नारीहरुको महान पर्व तिज नजिकीदै गर्दा कलाकारहरुमा आफ्नो तिजको सिर्जनाहरु बजारमा पठाउने जोडबाजी चलिरहदा भर्खर मात्र सिरैमा गम्छा “दुधको मुन्टो छुदा” बोलको गीत सार्बजनिक भएको छ।

गीत रिलिज हुन साथ यो गीतको कभर फोटोमा प्रयोग भएको शब्द “दुधको मुन्टो छुदा” चाहि केहि बिबादमा पनि परेको छ । अरु बेला भन्दा यस बर्ष देखि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठाले गीत सँगितको बिकृतीलाई न्युनीकरण गर्ने प्रयास गरेको कारण यो गीत बिबादको चपेटामा परेको हो ।

केहि सँगितकमीैहरु र सँगीत बिश्लेषकहरुले यो शब्दको बिरोध गरेका छन । यस बिषयमा हामीले यो गीतको गायक रिजन थापा मगर सँग सम्पर्क गर्ने खोज्यौ तर उहाँ सँग सम्पर्क स्थापित हुन भने सकेछ ।

यसै बिच यस बिषयमा गीतकी गायिका जुना श्रिस मगरले पनी आप्त्तीजनाएकी छिन,उनले आफुले यो थम्नेल हटाउन बारम्बार अनुरोध गर्दा पनी नहटाईएको र मोबाईलनै अफ गरेर बसेको जनाएकी छिन। पढ्नुहोस उनले फेसबुकमा लेखेको स्टार्टस जस्ताको तस्तै:

नमस्कार म जुना श्रीस मगर गित संगितमा लागेको 14/15 बर्ष पुग्दा अहिले आएर एउटा गित होइन गितको शिर्षक ले गर्दा मलाई लज्जित बनाईराखेको छ हिजो रिलिज हुन बित्तिकै देखि मैले हटाउन को लागि बारम्बार अनुरोध गर्दा पनि उनिहरु अहिले त झन मोबाईल अफ गरि सम्पर्कमा न आएकोले उनिहरुको यो हर्कत नियतबस हो भन्ने लागेर मेरो इज्जत माथी दाग लागेको कारण मनसुन कृयसन का युट्युब वाला Prakash Sapkota र सोही गितका गायक Rijan Thapa Magar विरुद्ध भोलि मेरो मानहानिको मुद्दा दर्ता गर्दैछु।मलाई साथ दिनहुन सबैमा अपिल गर्दै मेरा शुभचिन्तक ज्युहरुमा पर्न गएको असर प्रती क्षमा चाहन्छु।

मनसुन क्रियशनको यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको सिरैमा गम्छा दुधको मुन्छो छुदा बोलको गीतमा चर्चित गायीका जुना श्रीस मगर र रिजन थापा मगरको सुमधुर स्वर रहेको छ । रिजन थापा सानै उमेर धेरै दर्शक श्रोताहरुको मनमा बस्न सफल गायत तथा सर्जक हुन ।

उनले गाएका तथा शब्द लय सिर्जना गरेको कतिपय गीतहरु बजारमा चर्चामा रहेको छ । थापाको तगारो तिम्लाई सम्झिदै रुन पर्ने हो की कहा गयौं एक्लो शंख डिम्पल पर्नै गाला लगायतका गीतहरु बजारमा रहेका छन ।

याम थापा मगरको लय शब्द तथा एरेन्ज रहेको यो गीतलाई मारुनी डिजिटलमा रर्कड गरिएको थियो ।
चर्चाको निकै सम्भावना बोकेको मोडल सिमा ढकाल र प्रकाश सापकोटाको यो गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ ।

केशवराज भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा बासु बरालको छायाँकन तथा बिकाश दहालको सम्पादन रहेको छ । सम्रगमा यो गीत निकै राम्रो भएको छ । गीतको प्रयोग भएका शब्दहरु निकै मौलिक र उत्कृष्ट पनि रहेका छन ।

हेर्नुहोस गीतको म्युजिक भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार