डुबेर दुई जनाको मृ’त्यु

काठमाडौं । काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृ’त्यु भएको छ ।काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको सोही ठाउँस्थित पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृ’त्यु भएको छ ।

काठको पुलबाट खोला तर्ने क्रममा चिप्ली खस्दा डुबेर गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा ‘मृ’त्यु भएको हो ।

कैलालीको जोशीपुर गाउँपालिका–१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका–१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृ’त्यु भएको छ ।

यो पनि / जुम्ला – अर्थमन्त्री जनार्दन शर्माले नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अनुगमन गर्नुभएको छ । जुम्ला गुठीचौर गाउँपालिका-५ मा रहेकाे किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा फुजी स्याउ भएको बगैँचाको अनुगमन गर्नुभएको हो । 

बगैँचाको अवलोकन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको र यसमा पनि जुम्लामा स्याउले अर्थतन्त्र सुधार्न सहयोग गर्नेमा जोड दिनुभयो । उहाँले  प्रति किसानलाई एक वर्षमा पाँच सय स्याउका बिरुवा रोप्ने भए पनि सरकार तयार रहेकोमा जोड दिनुभयो । 

’किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार भएको र स्याउ उत्पादन तथा बजारीकरणको अवस्था अवलोकनमा आएको उहाँले बताउनुभयो। 

अर्थमन्त्री शर्माले भन्नुभयाे ‘कर्णालीसँग सम्रग देशलाई नै पाल्न सक्ने सामर्थ्य भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ । अब स्याउ किसान थप जुर्मुराउनु पर्छ । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुर्याउन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुर्याउन समेत सरकार गम्भीर छ।’

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताउनु भयाे । २०७५ सालदेखि सुरुवात गरिएको गुठीचाैर एग्रोफर्ममा १३ करोड रुपैयाँ लगानी गरेर ३३ हजार बिरुवा रोपिएको सञ्चालक मीन बहादुर भण्डारीले बताउनु भएकाे छ। ५० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार