खजुरा क्यान्सर अस्पतालमैं एक बालिकाले गरिन् आ त्मह त्या

नेपालगन्ज : बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक बालिकाले आ त्मह त्या गरेकी छन । सल्यान कालिमाटि गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षिय संगिता बुढाथोकीले दिउसो १२ ः ४५ बजेको समयमा अस्पतालको छतमा गई ढोकाको हेन्डिलमा पासो लगाइ आ त्मह प्ता गरेकी हुन ।

असोज ६ गते मात्र मृतक बुढाथोकी क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन । उनलाई पाठेघरको क्यान्सर भएको थियो । जेष्ठ महिनाबाट विरामि परेकी थिइन । विरामि परेपछि उनका आमा भुमा बुढाथोकीले उपचार गराउने क्रममा खजुराको क्यान्सर अस्पतालमा भर्ना गरेर उपचार गराइरहेकी थिइन ।

अस्पतालका कार्यकारी निर्देशक कृष्ण आचार्यका अनुसार विरामिलाई किमो चढाइरहेको थियो । जटिल अवस्था रहेपनि विरामिको स्वास्थ्य अवस्था भने सुधारहुदै थियो । तर एक्कासी विरामिले नै यस्तो निर्णय लिएपछि अस्पताल परिवार पनि दुखित बनेको डा. आचार्यले बताए । इलका प्रहरी कार्यालय धनौलीका प्रहर िनिरिक्षक प्रेम प्रसाद रेग्मीका अनुसार मृतकलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार