बोडिङ स्कुलमा लफडा, फि नतिरेको निहुमा परीक्षा चल्दा चल्दै साना बिद्यार्थीलाई गलत्याएर निकालियो

काठमाडौँ ।
पोखराका दुई बिद्यालय प्यारामाउण्ड इगंलिश बोडिगं स्कुल र टप्स इगंलिश बोडिगं स्कुलले सेटिगंमा बिद्यार्थीहरुलाई दुख दिने गरेको आरोप लागेको छ ।

प्यारामाउण्ड स्कुलमा पढिरहेका दुई बिद्यार्थी सफल सिग्देल र लक्ष्मी सिग्देलका अविभावकले स्कुल फि नतिरहेको भन्दै प्यारामाउण्डले टप्समा सफल र लक्ष्मीलाई भर्ना गरेको थाहा पाएसँगै आफ्नो स्कुलमा पुरानो फि बाँकी रहेको भन्दै परिक्षा नदिन आग्रह गरेपछि दुई बिद्यार्थीहरु परिक्षा हलबाट गलत्याएर निकालिएका छन् । उनीहरु रुँदै घर पुगेको भिडियो अविभावकले बाहिर ल्याएका छन् ।

प्यारामाउण्ड इगंलिश बोडिगं स्कुल र टप्स इगंलिश बोडिगं स्कुलमा गएको करिब ३ महिनापछि परिक्षामा सहभागी सफल र लक्ष्माीले दुई दिनसम्म परिक्षा दिन पाएको र तेस्रो दिनमा उनीहरु परिक्षा हलबाट निकालिएपछि रुँदै घर पुगेको भिडियोमा देख्न सकिन्छ ।

त्यसअघि प्यारामाउण्डले सफललाई अर्धन्गन् बनाएर बेन्चमा उभ्याएको आरोप लागेको छ । सफलले सुष्मा राई नाम गरेकी शिक्षिकाले आँफ्नो सर्ट पाइन्ट खोलेर बेन्चमा उभ्याएको बताइरहँदा ति शिीक्षकाले भने आँफुले त्यस्तो काम नगरेको दाबी गरेकी छिन् ।

यद्यपी अविभावकले भने बच्चालाई यातना भएको भन्दै स्कुल फेर्न बाध्य हुँदा पनि नयाँ स्कुल टप्प्सले भर्ना त गरेको तर परिक्षा दिने समयमा मार्कसिटको विषयलाई लिएर दुख दिइरहेको भन्दै उनीहरु थप कानुनी उपचारमा लागेका छन् ।सफलका बाबुआमाले यस विषयमा महानगरपालिकाको क्षिा महाशाखा, बाल अधिकारको लागि काम गर्ने विभिन्न निकायमा उजुरी दिएकाले अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार