विराज भट्टको फिल्म ‘साङ्लो’को रिलिज डेट फाइनल, कहिले ?

काठमाडौँ । नायक विराज भट्टको निर्देशन बनेको फिल्म ‘साङ्लो’को रिलिज डेट फाइनल भएको छ ।समाजमा घटनेका घटनाहरुलाई विषयवस्तु बनाएर बनाइएको फिल्म तिहार लगत्तै कातिक १५ गते रिलिज हुने निमार्ण टिमले जानकारी दिएको छ । फिल्मममा विराज भट्टको जोडीको रुपमा निकिता चन्द रहेकी छिन् ।

फिल्ममा शिवम अधिकारीको लेखन ,मानकृष्ण मर्हजनको छायाकंन ,राजनराज शिवाकोटी ,सुरेश अधिकारी र खुम्बु सिंहको संगीत र श्री श्रेष्ठको द्धन्द रहेको छ । त्यस्तै विराजले निर्देशन गरेको फिल्मको नवराज शर्मा मुख्य सहायक निर्देशक हुन् । तेज वहाहदु श्रेष्ठले निमार्ण गरेको फिल्ममा विराज र निकितासँगै प्रकाश शाह , कामेश्वर चौरासिया,जयनन्द लामा ,भारत शाह लगायतका थुप्रै कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार