शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो अघिल्लो दिनको तुलनामा एक सय रूपैयाँले कम हो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ। बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि / बुवा अधिवक्ता, काका न्यायाधीश। अंश वर्मा आफू पनि कानुन व्यवसायी नै बन्ने योजनामा दृढ थिए। आफूले चाहेकै संस्थामा कानुन पढ्नका लागि उनले दुई वर्ष कुरेका थिए।पढाइ सुरु गरेको केही समयमै कोरोनाभाइरसको महामारी फैलियो। उनी काठमाण्डूबाट महेन्द्रनगरस्थित घर फर्किए। लकडाउनका कारण घरभित्रै थुनिएका उनले भिडिओ साझा गर्ने एप टिकटक चलाउन थाले।
त्यसपछि उनको अधिवक्ता बन्ने उद्देश्यको रफ्तार केही धिमा भयो। टिकटककै कारण उनले बीएएलएलबी पढ्नका लागि दुई वर्ष पर्खिएर भर्ना पाएको कलेज त्यागे।नेपाली टिकटक प्रयोगकर्ताहरू माझ अंश अहिले निकै चर्चित छन्। उक्त एपमा उनलाई दुई लाख प्रयोगकर्ताले पछ्याएका छन्। टिकटकमार्फत् नै यी २३ वर्षीय युवकले दशौँ लाख कमाएका छन्।
अधिकांश समय टिकटकमार्फत् प्रत्यक्ष प्रसारणमा देखिने उनी आफू तीनदेखि चार घण्टा मात्र निदाउने गरेको सुनाउँछन्।”म सबै थोक छोडेर टिकटकमा लाग्नुको कारण छ। मैले त्यहाँबाट आफ्नो मात्र होइन परिवारको पनि सपना पूरा गरिरहेको छु,” अंशले बीबीसीसँगको कुराकानीमा भने।
कसरी सुरु भयो टिकटकमा चर्चा?अंशले करिब दुई वर्षअघि समय कटाउन टिकटक अकाउन्ट खोलेका थिए। त्यति बेला उनलाई अभिनय गर्नमा रुचि थिएन। त्यसैले उनी सामाजिक सञ्जालहरूमा भेटिएका चुट्किला वा मिमहरूलाई भिडिओ बनाएर हाल्थे। लाइक र भ्यू त्यति आउँदैनथ्यो। त्यसैले फाट्टफुट्ट प्रत्यक्ष प्रसारण गर्थे।
त्यति बेला टिकटकमा लाइभ जाँदा गिफ्ट वा पैसा आउँदैनथ्यो। तर उनीसँग समय थियो। मानिसहरूले आफूलाई चिनुन् भन्ने चाहना थियो।मान्छेले मलाई हेरून् भनेर लाइभ जान्थेँ। गफ गर्थेँ। सबैलाई जबाफ फर्काउँथेँ,” उनले सुरुवाती दिनका कुरा सुनाए।
“लाइभ जाँदा मैले के थाहा पाएँ भने- मानिसहरूलाई भावनात्मक कुराहरू मन पर्दो रहेछ।”त्यसपछि उनले कथामा आधारित एउटा भिडिओ बनाए। जसमा विवाह भएपछि परिवारले बिदा गरिरहेकी छोरी र उनका बुवाबीचको सम्बन्धलाई देखाइएको थियो। उक्त भिडिओ धेरै मानिसले रुचाए। त्यसपश्चात् आफूलाई पछ्याउनेहरूको सङ्ख्या बढ्दै गएको उनी सुनाउँछन्।
फलोअर्स बढ्दै जाँदा उनको प्रत्यक्ष प्रसारणमा जोडिनेहरू पनि बढे। उक्त दौरान उनी प्राय मान्छे हँसाउने तरिकाले बोल्थे। एकसाथ लाइभमा जोडिनेहरूलाई खेल खेलाउँथे। एक अर्कालाई फलो गर्न लगाउँथे।केही समयमै टिकटकले लाइभ सञ्चालकहरूलाई सहभागीले उपहार दिन मिल्ने व्यवस्था गर्यो। त्यसपछि आफूलाई निकै महँगा उपहारहरू आएको अंश सम्झन्छन्।
“गिफ्ट त टन्नै आउँथ्यो तर त्यो भर्चुअल गिफ्ट के काम? म त फलोअर्स बढेकोमै दङ्ग थिएँ,” उनले भने।”एक दिन अस्ट्रेलियामा भएको साथीले त्यो गिफ्ट बराबरको पैसा निकाल्न मिल्छ भनेर सुनायो। त्यसपछि पो मैले आफ्नो खाता हेरेँ अनि छक्क परेँ।”साढे एक महिनामै उनको खातामा १५० डलर जम्मा भएको रहेछ।
टिकटकको कमाइले कलेज शुल्क: निश्चित सङ्ख्यामा फलोअर भएका प्रयोगकर्तालाई टिकटकले लाइभ गर्ने र गेम खेल्ने सुविधा दिएको छ। अन्य प्रयोगकर्ताले लाइभका बेला सञ्चालकलाई गिफ्ट दिन पाउँछन्। टिकटकमा पाएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ।
त्यसरी प्राप्त रकमध्ये अंशले पहिलो चोटि २५,००० रुपैयाँ निकालेका थिए। पैसा लिएर दङ्ग पर्दै घर फर्किएका थिए। ठानेका थिए- छोराले कमाउँदा आमाबुवा खुसी हुन्छन्। तर, आफूलाई आमाले निकै गाली गरेको उनी बताउँछन्।
“यत्रो पैसा कहाँबाट ल्याइस् भन्दै कराउन थाल्नु भयो। छोराले चोरेर ल्यायो या कसैलाई लुट्यो कि भन्ने ठान्नुभएछ। उहाँ आत्तिनु भएको थियो,” उनले घटनाक्रमबारे बताए।टिकटक खातामा जम्मा भएको पैसा ब्याङ्कमार्फत निकाल्न मिल्ने प्रक्रियाबारे बुझाएपछि आमा शान्त भएको उनी सम्झन्छन्।उक्त रकमले कलेजमा तिर्नु पर्ने शुल्क बुझाएको उनले सुनाए।