शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था अत्यन्त गम्भीर

शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था अत्यन्त गम्भीर रहेको छ । उपचाररत अस्पताल किष्ट अस्पतालले अवस्था अत्यन्त गम्भीर रहेको भन्दै आवश्यक उपचार प्रक्रिया जारी रहेको जनाएको छ । 

सञ्चारमाध्यममा विभिन्न समाचार आएपनि अस्पतालले उपचार जारी राखेको अस्पतालका अधिकारी अमिस पाठकले जानकारी दिए । डेंगु संक्रमणका साथै विभिन्न स्वास्थ्य समस्याका कारण जोशीको किष्टमा उपचार हुँदै आएको छ ।

यो पनि / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।

उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो।माइधार-भालुखोला सडकखण्डको किरात चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार