आफ्नो छोराको शव अस्पतालबाट झिक्ने पैसा नभएपछि यी बाबु बने भिख माग्न बाध्य, यो दृश्यले सबैलाई रुवायो

आफ्नो छोराको शव अस्पतालबाट झिक्ने पैसा नभएपछि एक बाबु भिख माग्न बाध्य बनेका छन् । खबर हो भारत बिहारको समस्तिपुरको । जहाँ आफ्नै छोराको शव अस्पताल बाट निकाल्न बाबुआमाले नै भिख माग्न बाध्य हुनु परेको छ । महेश ठाकुर र उनकी धर्मपत्नी यतिबेला अस्पतालमा रहेको छोराको शव झिक्ने पैसा नहुँदा सडक गल्ली भीख माग्दै हिडिरहेका छन् । उनीहरुको यो भिडियो अहिले भारतका सामाजिक संजालमा भाइरल भइरहेको छ ।

बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडिओमा देखाइएका दम्पत्तीहरु छोराको शव बुझ्नको लागि भिख मागिरहेको जनाइएको छ । अस्पताल प्रशासन बाट शव झिक्नका लागि घुस स्वरुप चर्को मुल्य माग भएपछि उनीहरु भौतारिदै भिख मागिरहेका छन् । ठाकुर र उनकी पत्नीले संचार माध्यम एएनआईलाई जानाकारी गराए अनुसार उनका छोरा केही दिन अगाडी देखी बेपत्ता भएका थिए भने यसै साता एक व्यक्तीले उनको छोराको मृत्यु भइसकेको छ।

र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी गराएका थिए । शव बुझ्नका लागि जाँदा अस्पातलका एक कर्मचारीले शव दिनका लागि ५० हजार भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ। उनिहरुलाई आफ्नो छोराको मृत्युको कारण समेत थाहा नभएको मिडिया रिपोर्टमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार