अधुरै रहयो ११० वर्षसम्म पनि बुढी आमाको सपना..

काठमाडौं।गाउँमा बिजुलीबत्ती, मोटरबाटो जस्ता विकासका पूर्वाधार आउने आशामा ११० वर्षको उमेर पुग्दासम्म नियमित रुपमा मतदान गर्ने एक आदर्श मतदाता वृद्धाले अन्ततः प्राण त्याग गरेकी छिन। महिलाले यति लामो समयसम्म पर्खिंदा पनि उनको आशा भने कहिल्यै पूरा भएन ।

भारतको कुल्लु जिल्लाको दुर्गम क्षेत्र शाक्टी मरौडकी शाढी देवी नामकी यी महिला गाउँमा विकास हुने आशामा हरेक निर्वाचनमा उत्साहका साथ मतदानमा सहभागी हुन्थिन् ।

तर, अहिले उनको मृत्यु भइसक्दा पनि घरमा बिजुली बाल्ने र खाद्यान्न, बिरामी लगायतलाई गाडीमा ओसार्ने उनको सपना अधुरै छ ।

भारतको हिमांचल प्रदेशको यो गाउँका जनता अझै अँध्यारोमा बस्न बाध्य छन् तर यही राज्यमा ८५० मेगावाटको पार्वती–३, ५२० मेगावाटको पार्वती २ र १०० मेगावाटको सैंज परियोजनासमेत पाँच विद्युत परियोजना संचालित छन् ।

जलविद्युत परियोजनाको नगर भनेर चिनिने सैंज घाटीको यो गाउँमा सरकारी सुविधाको नाममा एउटा प्राथमिक पाठशाला मात्र छ ।

माध्यमिक पढाइको लागि यहाँबाट ८ किलो मिटर टाढा नौनीहाल जानु पर्छ । गाउँबाट सडक ३० किलोमिटर टाढा छ । जिल्लाकी सबैभन्दा वृद्ध महिला शाढी देवीका कारण यसपटक लोकसभा चुनावमा यो गाउँ चर्चामा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार