यि हुन धेरै पढेका ६ नेपाली नायिकाहरु ..

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा केही यस्ता नायिकाहरु छन् , जो अभिनयमा मात्र नभएर पढाईमा पनि एकदमै अब्बल छन् । आज हामी त्यही नायिकाहरुको बारेमा कुरा गदै छौँ । हेर्नुस् कसले कति पढेका छन् ?
सुरुवात गरौ,

संचिता लुइटेल,

उनी नेपाली चलचित्र क्षेत्रमा कुनै समयकी चर्चित नायिका हुन् । जसको अहिले पनि चलचित्रहरुलाई रुचाएको छ । उनले सुपरस्टार निखिल उप्रेतीसगँ विवाह गरेकी हुन् । अहिले उनी २ सन्तानकी आमा भैसकेकी छिन्, सुन्दर नायिका संचिताले पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा एम ए गरेकी हुन् ।

केकी अधिकारी

उनी पनि नेपाली चलिचित्र क्षेत्रकी धेरै पढेकी नायिका हुन् । उनले  ह्युमन रिर्सोस म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छिन् । उनले आफ्नो करियरको सुरुवात चलचित्र “ स्वर“बाट गरे पनि उनलाई मसान चलचित्रले एकाएक चर्चामा ल्याएको थियो । पछिल्लो समय उनको धेरै चलचित्रहरु आइरहेका छन् । त्यसैले केकीले अहिले आफ्नो अभिनय र पढाई दुवैलाइ एकै साथ अगाडि बढाईरहेकी छिन् ।

ऋचा शर्मा

उनी पनि नेपाली चलचित्र जगतमा ब्यवस्थापन सकायंमा स्नातकोत्तर गरेकी नायिका हुन् । ३४ वर्षीकी ऋचाले जर्मनी र फ्रान्समा कलकारिताको पनि अध्ययन गरेकी छिन् । उनले नेपाली चलचित्र “फस्ट लभ“ बाट डेब्यु गरेकी हुन्। पछिल्लो समय मेरो लभ स्टोरी र हाइवेएसँगै थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । उनीद्वारा अभिनित लूट र टलकजंग भर्सेस टुल्के सर्वा्धिक रुचाईएको चलचित्र हो ।

निशा अधिकारी ,

उनी पनि नेपाली चलचित्र क्षेत्रमा धेरै पढ्ने नायिकाहरुको सूचीमा पर्छिन् । निशाले अमेरिकाबाट फिल्म र सामाजिक विज्ञानमा स्नातक अध्ययन गरेकी हुन् । उनले नेपाली चलचित्र जगतमा मिसन पैसाबाट डेब्यू गरेकी हुन् । तर उनी चलचित्रबाहेक विभिन्न साहसिक कुराहरुमा सहभागी हुन्छिन् । उनले सन् २०१३ मा सगरमाथाको सफल आरोहण पनि गरिन् ।उनले क्रिकेटर सरद भेस्वाकरसँग विवाह बन्धनमा बाधिएसँगै एक सन्तानकी आमा बन्न बनिन् । अहिले निशा पति र आफ्नो बच्चासँग अमेरिकामा बस्दै छिन् ।

रिमा विश्वकर्मा

रिमाले चलचित्र क्षेत्रमा अंग्रेजी र मास मिडियामा स्नातक गरेकी मोडल हुन् । उनले चलचित्रमा अभिनय गरेर भन्दा पनि कार्यक्रम प्रस्तोता र मोडल बनेर नै धेरै चर्चा कमाएकी छिन् । उनी  बहुचर्चित रियालिटी सो नेपाल आइडोलको प्रस्तोता पनि हुन् ।

प्रिंयका कार्की


उनी पनि ब्यवसायिक चलचित्र छक्का पञ्जाको अपार सफलता पछि र आयुश्मान जोशीसगँको प्रेमसम्बन्धको कुराले अहिले निकै चर्चामा छिन् । उनले नेपाली चलचित्र थ्री लर्वसबाट डेब्यू गरेकी थिइन् । जसको पछिल्लो समय धेरै चलचित्रहरु आइराखेका छन् । उनलाई पनि धेरै फ्यानहरुले धेरै पढेको नायिका भनेर चिन्दछन् । किनभने उनले अमेरीकाको युनिभर्सिटी अफ अलबामाबाट चलचित्रमा डिप्लोमा गरेकी छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार