ल मेरो फेसबुक बन्द गर भन्दै किन झोक्किए निश्चल

काठमाडौँ । बहुचर्चित फिल्म लुटका निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति आपत्ति जनाउँदै आफ्नो फेसबुक नै बन्द गर्न चुनौती दिएका छन् । आयोगले ‘नो नट एगेन’का नाममा बनाएका बन्द गरिसकेको र चुनाव विपरितका गतिबिधिको प्रचार नहोस् भन्नका लागि मेटाको टिमलाई नै नेपाल झिकाएर जानकारी नै गराएपछि मेटाले अहिले चुनाव विपरितका गतिबिधि गर्ने हरेक पेज र ग्रुपहरुलाई बन्द\ गरिदिएको छ ।

त्यही झोकमा निश्चलले बुढा, पाका र धेरै पटक चुनाव लडिसकेका नेताहरुलाई लक्षीत गर्दै भनेका छन्, ‘२०औँ वर्ष सत्तामा बसेर, अहिले पनि हामी बनाउँछौँ नेपाल भन्नेलाई भोट यत्रैपनी हालिन्न। लु बन्द गर्नुहोस् मेरो पनि फेसबुक ११’ आयोगले शीर्ष नेताको तस्बिर राखेर सामाजिक सञ्जालमा प्रचार गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ ।

साथै, त्यसरी फेसबुक पेज बनाएको भए हटाउन निर्देशन दिइसकेको छ । आयोगको यही निर्णयप्रति आपत्ति जनाउँदै उनले आफ्नो फेसबुक बन्द गर्न चुनौती दिएका हुन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तामा बसेर हामी बनाउँछौँ नेपाललाई भन्ने पक्षमा नलाग्ने स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार