कार्तिक २२ गते शक्तिशाली ठुलो चन्द्रग्रहण लाग्दै, यी ४ राशिको भाग्य चम्किने (भिडिओ)

काठमाडौँ | सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं ।

खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो अन्धविश्वास जस्तो लाग्छ । तर, चन्द्रमामा राहु र केतुको जुन छायाँ ग्रह पर्छ, त्यसबाट उत्पन्न नकारात्मक ऊर्जाले पृथ्वीका प्राणी मात्र होइन, चराचर जगतलाई नै असर पार्छ । यो असर पनि ग्रह अनुसार फरक हुन्छ । हेर्नुस –

अभिनेत्री श्वेता खड्काले मंगलबार आमा बनेपछि आफ्नो जीवनमा लामो समयपछि खुशीको नयाँ अध्याय थपिएको बताएकी छिन् ।
मंगलबार राति सामाजिक सञ्जालमा छोरीको तस्बिर शेयर गर्दै अभिनेत्री खड्काले आफ्नो जीवनमा खुशीको अर्को रंग पोतिएको तथा आशाको अर्को दीप झुल्किएको बताएकी हुन् ।

‘मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसंगै जीवनको अर्को पाटो सुरु भएको छ, अभिनेत्री खड्काले लेखेकी छिन्– ‘आजबाट मैले संसारकै सबैभन्दा सुन्दर शब्द आमा बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमुल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ती हो ।’

‘मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी मप्रति साहनुभुती जनाईदिने मेरा आफन्त, परिवार, नातागोता र शुभचिन्तकहरु सम्पुर्णप्रति हार्दिक आभार व्यक्त गर्दै मेरो सुख–दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र सिंह रावत लाई मुरी मुरी माया, उनले लेखकी छिन्– ‘मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी ‘परी’ लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’

अभिनेत्री श्वेता खड्काले मंगलबार दिउँसो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । अभिनेत्री खड्काले जमलस्थित ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

पछिल्लो केही दिनदेखि अभिनेत्री खड्का तथा उनका श्रीमान् विजयेन्द्र सिंह रावतले बेबी शावरका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका थिए । करिव दुई वर्षअघि अभिनेत्री खड्का तथा रावत वैवाहिक जीवनमा बाँधिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार