नेपालगञ्ज / चञ्चले लोकगायक अर्जुन सापकोटाको ‘ए ठूली’ बोलको नयाँ गीत यतिबेला युट्युवमा ट्रेण्डिङमा छ । बुधबार सार्वजनिक भएको सो गीतमा सापकोटाको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ । यो समाचार तयार पार्दासम्म गीत एक लाख माथि भ्युजसहित ट्रेण्डिङ न. १२ मा रहेको छ।
सुनिल परियारको एरेन्ज रहेको गीत अर्जुनको यसअघिका गीतहरूभन्दा फरक रहेको छ। जेरी भण्डारीको कथा एवं निर्देशनमा तयार भिडियोमा अर्जुन र क्रिष्टल सापकोटाको अभिनय रहेको छ । यो गीतको भिडियोमा अर्जुनले समेत अभिनय गरेका छन ।
करन चैसिर र दीपक गिरीको छायाङ्कन रहेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन । अर्जुनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पछिल्लो पुस्ताका रुचाइएका मध्येका गायक हुन ।(भिडिओ हेर्नुहोस्)