धन कमाउने सपना बोकेर क्रोएसिया पुगेका   टीकाराम २ महिनामै अस्ताए ,  रेलको ठक्कर बाट गयो ज्यान

नेपालगञ्ज : रोल्पा लुंगी गाउँपालिका वडा नं ४ घर भई हाल क्रोएसियामा रोजगारीको सिलसिलामा रहेका टीकाराम घर्तीको गत बुधबार रेलको ठक्कर बाट ज्यान गएको छ।

गैर आवसीय नेपाली संघ क्रोएसियाका अनुसार उनी बुधबार काम विशेषले बाहिर हिँड्दा बाटो काट्ने क्रममा रेलले ठक्कर दिँदा मृत्यु भएको हो । मृत्युपछि उनको शवलाई ‘ डिपार्टमेन्ट अफ फोरेन्सिक मेडिसिन ‘ अस्पतालमा राखिएको छ ।

मृतक टीकाराम घर्ती

गैर आवसीय नेपाली संघ’ क्रोएसियाले दिएको जानकारी अनुसार उनको शवलाई नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रियाबारे नेपाली राजदुतावास , भियाना र उनी कार्यरत कम्पनीसंग सहकार्य भइरहेको बताइएको छ। साथै मृतकको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले सहयोगको अपील समेत गरिएको छ।

मृतक टिकारामका २ छोरी ,एक छोरा र श्रीमती छन । छोरा छोरी पढाउन समेत कठिन रहेकाले सबैले सहयोग गरिदिन गैर आवसीय नेपाली संघ क्रोएसियाले अनुरोध गरेको छ । (हेर्नुहोस विज्ञप्ति)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार