निर्वाचन प्रचारप्रसार गर्न पाँच दिन मात्रै बाँकी रहँदा रवि लामिछानेको गाडी तोडफोड

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी दिए ।

उनका अनुसार सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको हो । रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए । रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो ।

यो पनि / १ अर्ब ३२ करोडको चिठ्ठा जितेपछि एक व्यक्तिले आफ्नी प्रेमिकालाई छोडिदिए । उनले विलासी जीवन बिताउन थाले । त्यो व्यक्तिले मजाले पार्टी गर्यो, पैसा यताउता खर्च गरे र निकै महँगो कार पनि किने । प्रेमीको यस्तो व्यवहार देखेर प्रेमिकाले उनलाई धेरै गाली गरिन् ।

जर्मनीमा बस्ने एक प्रेमिकाले आफ्नो ४२ वर्षीय प्रेमी कुर्सत यिलदिरिमले लट्री जित्नेबित्तिकै आफूसँग ब्रेकअप गरेको दाबी गरेकी छन् । यसपछि कुर्सतले करिब ५ करोडको फेरारी कार किनेका थिए ।

डेली स्टारका अनुसार कुर्सतकी ५० वर्षीया प्रेमिकाले भनिन्– पैसा पाएपछि उनी यति धेरै परिवर्तन होलान् भन्ने विश्वास गर्न सक्दिन । मलाई डार्लिङ भनेर बोलाउँथे र सधैं सँगै बस्ने कसम खान्थे । हामी गम्भीर सम्बन्धमा थियौं। लट्री जितेपछि उनले धनी भएको बताए । अब म तिम्रो लागि जे पनि किन्न सक्छु भन्थे । तिमी जे चाहन्छौ म तिमीलाई दिनेछु भन्थे ।

तर १० मिलियन युरो पाएपछि उनले मलाई फोन गरेर कहिल्यै माया नगरेको बताए । उनले मलाई प्रेमिका भएर रहनुको सट्टा पैसा दिन चाहन्थे । यसै क्रममा कुर्सतले आफ्नी प्रेमिका उनको लागि खास भएको बताउँछन् । उनले उनको मानवता र भावनालाई माया गरेका थिए, उनलाई होइन।

रिपोर्टका अनुसार कुर्सत पहिले लागूऔषध दुर्व्यसनी थिए। उनले कैयौं चोरीका घटना पनि गरेका थिए । उनलाई २७ महिनाको जेल सजाय पनि सुनाइएको थियो । पछि उनी क्रेन अपरेटर बने । यसैबीच, लट्री लाग्नेबित्तिकै उनले जागिर छाडे र करिब ५ करोडमा फेरारी कार किनेका थिए । यसै क्रममा उनले आफ्नी प्रेमिकालाई पनि छोडे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार