एक पछि अर्को शोकमा बलिउड, अर्की चर्चित अभिनेत्रीको निधन

एजेन्सी -अभिनेत्री दलजित कौको मृत्यु भएको छ । लामो समय बिरामी परेकी उनको आज निधन भएको भारतिय मिडियाले जनाएका छन् । हिन्दी फिल्मा काम गरे पनि त्यो भन्दा बढी उनले पंजाबी फिल्ममा काम गरेर चर्चा पाएकी थिइन् । ‘एक और एक ग्यारह’मा उनले शशी कपुरसँग काम गरेकी थिइन् उनले ।

भारतिय मियिाका अनुसार उनको अन्तिम संस्कार भइसकेको बताइएको छ । १९७६ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी उनले धेरै फिल्ममा सफल अभिनय गरेकी छन् । उनले कलाकार का सार्थकबड्डी की खेलाडी समेत हुन् । उनले ७० वटा पन्जाबी फिल्म र १० भन्दा बढी हिन्दी फिल्ममा काम गरेकी छन् ।

यो पनि पढ्नुहोस- शाहरुख खानसँग सँगै काम गरेका अभिनेता सुनिल सेन्डेको दुखद निधन, शोकमा बलिउड – बलिउड अभिनेता सुनिल सेन्डेको निधन भएको छ । उनको आइतबार राति मुम्बईस्थित घरमा निधन भएको हो ।

सुनिलले हिन्दीसँगै मराठी फिल्मको अभिनयमा लोकप्रियता कमाएका थिए । उनले शाहरुख खानको टेलिभिजन शो ‘सर्कस’मा अभिनय गरेका थिए । यस्तै ‘गान्धी’, ‘सरफरोस’ र ‘वास्तव’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका थिए ।

उनले ‘काथुङ्ग’, ‘मधुचन्द्रची रात’, ‘जस बाप तासे पोर’, ‘ईश्वर’, ‘नरसिम्हा’ जस्ता मराठी फिल्ममा अभिनय गरेका थिए । सुनिलले सन् ८० र ९० को दशकमा कैयौं हिट फिल्ममा अभिनय गरेका थिए । उनी मराठी रङ्गमञ्चका दमदार कलाकार थिए ।

उनले सनी देवलको सुपरहिट फिल्म ‘घायल’ र सञ्जय दत्तको ‘खलनायक’ मा अलग–अलग भूमिकामा अभिनय गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार