काठमाडौं-४ मा गगन थापालाई झिनो अग्रता

५ मंसिर, काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिएका छन् ।

सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।
त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्‍मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाए ।
यो पनि,

पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । अहिलेसम्म ५४१ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीन पौडेलले जनाएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सबैभन्दा अगाडि रहेका छन् । उनले १६२ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले १२२ मत ल्याएकी छिन् । त्यस्तै प्रतिस्पर्धामा रहेका गठबन्धनतर्फका नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा १ तर्फ राप्रपाका विजयबहादुर भण्डारी १९८, एमालेका भीमबहादुर कार्कीले १४५ र माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १०६ मत पाएका छन । उक्त छेत्रमा समानुपातिकतर्फको पनि मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार