चितवन २ मा निकै पछाडि परे रवि लामिछाने

चितवन २ को प्रारम्भिक मतगणनाको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तेस्रो स्थानमा देखिएका छन् ।

१०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतका साथ अग्रता लिएका छन् । उनलाई कांग्रेसका उमेश श्रेष्ठले ३३ मतका साथ पछ्याइरहेका छन् । लामिछानेले ५ मत मात्र पाएका छन् ।

यो पनि, बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दशरथचन्द राजमार्गमा पर्ने पाटन-४ स्थित थूम भन्ने स्थानमा आज बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्छले जानकारी दिए। उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन। थप विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार