देशमा परिवर्तनको सुरुवात भइसक्यो : सोबिता गौतम

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोबिता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताउनुभएको छ ।

आज बुधवार काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीसँगको कुराकानीमा गाैतमले यस्ताे बताउनुभएको हो । उहाँले अब देशमा परिवर्तनकाे सुरुवात भइसकेकाले कोही पनि नेपाली आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘परिवर्तनको सुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ता आज विभिन्न अवसरको खोजीमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैँले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरूको देशमा मात्रै जानै ? आफ्नो देशलाई पनि अब सहज बनाउनुपर्छ । देशलाई परिवर्तन गर्न हामी अघि बढिसकेका छौँ । अबको ५ वर्षमा परिवर्तनका कुरा देख्नु हुनेछ ।’ 

जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै गाैतमले देशले गर्व गर्न लायक काम गरेर देखाउने दाबी गर्दै आफूले पैसा खर्च गरेर चुनाव नजितेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार