चुनावमा उम्मेदवार उठेका कलाकारको हरिविजोक

निर्वाचन घोषणा भए संगै थुप्रै कलाकारहरुले आफ्नो राजनीतिक यात्रा सुरु गरे। कतिले दलबाट टिकट पाए भने कति स्वतन्त्र उम्मेदवार बने । देशका विभिन्न क्षेत्रबाट उम्मेदवार बनेका कलाकारको चुनावी प्रचारमा भने कुनै कमी थिएन । उनीहरूको प्रचारमा लाभलाग्दो ‘क्रेज’ देखिन्थ्यो। तर क्रेज अनुसार मत भने आउन सकेन । अहिले कछुवा गतिमा दौडिरहेका छन्।  आउनुहोस आज तिनै कछुवा गतिमा दौडिरहेका उम्मेदवारहरुको चर्चा गरौं।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नम्बर १ को उम्मेदवार बनेका कलाकार हुन हिमेश पन्त ।उनी जारी मतगणमा तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन्।

यस्तै राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी रेखा थापाको हाल पनि उस्तै छ । प्रचारमा राम्रो माहोल देखिएपनी त्यो भीड मतमा परिणत हुन सकेन। अहिले उनी पनि तेस्रो स्थानमा रहेर त्यस क्षेत्रका  क्षेत्रका कांगे्रेस उम्मेदवार सुनिलकुमार शर्मा र एमालेका भानुभक्त ढकालसँग प्रतिस्पर्धा गरिरहेकी छन्।

यस्तै एक कार्यकाल सांसद भएर बिताएकी कोमल वली दाङ क्षेत्र नम्बर १ मा दोस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेकी छन्। एमालेबाट उम्मेदवार बनेकी वली कांग्रेसका दीपक गिरीलाई पछ्याइरहेकी छन्।

काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार बनेका हास्य कलाकार मधुसूदन पाठक (सिते बा) ले ३ सय ६४ मत ल्याएका छन्। प्रतिनिधि सभा, सिरहाको क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार बनेका मुरलीधर मिझार चौथो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार