सुर्खेतमा श्रीमतीको टाउको काटेर झोलामा बोक्ने श्रीमान पक्राउ

सुर्खेत पञ्चपुरी नगरपालिका-३ तोक्मा बजारमा एक श्रीमानले श्रीमतीको टाउको काटी झोलामा बोकेर हिंड्दै गर्दा प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही नगरपालिका निवासी ३८ बर्षीय अमरबहादुर आले मगर रहेको बताइएको छ।

टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको हाे ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।मगर एक वर्षअघि मात्र बैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार