बिहे गरेकै बर्ष सलोनलाई जुम्ल्याहा बच्चा दिन कोशिश गरेकी हुन् करिश्माले ? हेर्नुहोस

नायक सलोन बस्नेत र करिश्मा केसीको बिहे भएको एक साता मात्र भयो । तर, बिहेको तेश्रो दिनदेखि नै उनीहरुले मिडियामा बच्चाको बिषयमा प्रश्न खेपिरहेका छन् । आइतबार सलोन र करिश्मा अभिनित ‘राजा रानी’ बोलको गीतको भिडियो सार्वजनिक गरियो ।

सार्वजनिक कार्यक्रममा सलोन र करिश्माले बच्चाको योजनाबारे थुप्रै प्रश्नको सामना गर्नुपर्यो । सलोनकी बहिनी सलिना बस्नेतले त आफूलाई चाडै नै फूपू बन्न मन लागेको सुनाइन् । करिश्मा र सलोनले भने अहिले नै यो कुरामा कुनै योजना नभएको तर्क गरे ।

तर, सलोनले भने आफूलाई जुम्ल्याहा बच्चाको चाहना रहेको सुनाए । उनले रमाइलो शैलीमा भने–‘अब, मेरो एउटा इच्छा होला, करिश्माको अर्को होला । भोली जन्मदा छोरा वा छोरी या जुम्ल्याहा कसरी जन्मन्छ केही थाहा छैन ।’ शोभितले भने आफू नाती वा नातिनी भएपछि काम गर्न छाडेर स्याहारमा लाग्ने सुनाए ।

अन्य समाचार : मंसिर लागेसँगै विवाहको तयारीमा सविन र अनु, कहिले गर्दैछन् विहे ? लगनको महिना अर्थात् मंसिर सुरु भएसँगै सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिरहेका छन् । तर, नेपाली फिल्मको ‘लभ बर्डस्’ सविन श्रेष्ठ र अनु शाहको विवाहका लागि लगन जुर्न सकेको छैन । विगत ७/८ वर्षदेखि प्रेम सम्बन्धमा भए पनि उनीहरु विवाहका लागि हतारिएका छैनन् । कोभिडअघि यो जोडीले अदालती विवाह गरेको खबर चुहिएको थियो । तर, दुवैले यसको खण्डन गरेका थिए ।

अब भने यो जोडी बिहेको योजनामा छ । सविनले अर्को वर्ष विवाह हुनसक्ने बताए । उनी भन्छन्, ‘बिहे अलि राम्रैसँग गर्ने योजनाले पनि हतार नगरेका हौं । यस वर्ष त होइन, अर्को वर्ष चाहिँ विवाह हुनसक्छ ।’ प्रेम सम्बन्धलाई विवाहमा बदल्न ढिलाई गरे पनि उनीहरुबीच व्यवसायिक सहकार्य हुँदै आएको छ । उनीहरुले ‘लक्ष्य’, ‘हमेशा’, ‘आधी बाटो’ फिल्ममा एकसाथ काम गरेका छन् ।

अब यो जोडीको म्यूजिक भिडियोमा पनि सहकार्य हुन थालेको छ । सरगम राईको स्वरवद्ध ‘खुसी साटौ जुनी काटौ’ गीतमा सविन र अनुले पहिलो पटक काम गरेका थिए । फेरि उनीहरुले राईकै नयाँ गीत ‘भाकी सकेँ’मा काम गरेका छन्, जुन शनिवार रिलिज भएको छ । अघिल्लो गीतको सफलतापछि गायक राईकै इच्छाअनुरुप आफूहरुले नयाँ भिडियोमा काम गरेको सविन बताउँछन् ।

सविन र अनुले फिल्ममा काम नगरेको भने लामो समय भइसकेको छ । सविन राम्रो प्रोजेक्टबाट अफर आए आफूहरु सहकार्य गर्ने बताउँछन् । अहिले उनी तीनवटा प्रोजेक्टको तयारीमा छन् । यी फिल्ममा दर्शकले आफूलाई अहिलेसम्मकै फरक भूमिकामा देख्न पाउने उनको भनाई छ । यी ह्यान्डसम हंक आफैं पनि निर्देशक सविर श्रेष्ठसँग मिलेर नयाँ फिल्म निर्माणको तयारीमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार