बेनी – माटोको ढिस्कोले पुरिएर बेनीमा निर्माण व्यवसायीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवाल रहेका छन् । बेनी नगरपालिका–८ स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले बरुवाल पुरिएका थिए ।
भवन निर्माणका लागि खनिएको जगको नाँपजाँच गर्न पुगेका बरुवाललाई ढिस्कोले पुरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। ढिस्को पन्छाएर उद्धार गरी बरुवाललाई उपचारका लागि बेनी अस्पतालमा लगिए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
ठेक्का लिएको योजनाको काम समयमै सम्पन्न गर्ने सिमित निर्माण व्यवसायी मध्यमा बरुवाल थिए ।(तस्बिर ओएस नेपाल)