बिरामीको शल्यक्रिया गरेर घर फर्किएका २५ वर्षीय चिकित्सकको हृदयघातबाट मृत्यु

काठमाडौं ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जनरल सर्जरी विभागका एक रेजिडेन्ट चिकित्सकको हृदयघातका कारण मृत्यु भएको छ । बुधबार राति शल्यक्रियामा संलग्न रहेर फर्किएका २५ वर्षीय डा. किरण श्रेष्ठको मृत्यु भएको हो ।

पाँचथर घर भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल सर्जरी स्नातकोत्तर तह प्रथम वर्ष अध्ययनरत डा. श्रेष्ठको बुधबार अस्पतालमा निधन भएको हो । बुधबार राति शल्यक्रिया संलग्न रहेका डा. श्रेष्ठले आफूलाई असहज भएको बताएपछि साथीले आवासमम्म पु-याएका थिए त्यसअघि पनि डा. श्रेष्ठले आराम गर्दै काम गर्दै आईरहेका थिए ।

कोठामा पुगेपछि अचानक बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इमर्जेन्सी पु-याइएकोमा थप उपचार हुन नसकेपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । डा.श्रेष्ठको हृदयघातको कारण निधन भएको हुनसक्ने जनाइएको छ । उहाँको शव अस्पतालमै राखिएको छ । परिवार आएपछि अन्त्येष्टि गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार