छायांकन भएन विपिन कार्कीले अभिनय गर्नलागेको बलिउड फिल्म

काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को छायांकनबिनै मुम्बईबाट काठमाडौं फर्किएका छन् । गत महिना त्यसतर्फ लागेका उनी सुटिङ नभएपछि फर्किन बाध्य भएका हुन् ।

‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने उक्त फिल्ममा रणवीर कपुर, रश्मिका मन्दाना, अनिल कपुर, परिणिती चोपडा लगायतको मुख्य भूमिका छ । विपिन पनि महत्वपूर्ण भूमिकामा अनुबन्धित भइसकेका हुन् ।

मुम्बईमा एनिमलको छायांकन पनि भइरहेको छ । त्यसयता विपिन ६ पटक काठमाडौं-मुम्बई आउजाउ गरे । ‘आज ठ्याक्कै १ वर्ष २१ दिन भयो एनिमल भन्दै बसेको । उता पनि काम भएन र यता पनि भैरहेको छैन’ अनलाइनखबरसँग बिपिनले भने ।‘उता मुम्बईबाट फोन आउँछ र आउनुस् भनेका छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार