नेपालगञ्ज / सधैँ चर्चामा रहिरहने लोक गायक विष्णु खत्रीको नयाँ गीत ‘गलकोटमा बग्यो दरम’ बजारमा आएको छ। गायक विष्णु खत्रीका सृजनाले कहिले नेपाली समाजको चरित्रलाई झल्काउँछ त कहिले गरिब दीनदुःखीका भावनालाई समेटेर सरोकारवाला निकायलाई झकझकाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन ।
यतिबेला भने गायक खत्रीले आफ़नो जन्मभूमिको परिवेशलाई समेटेर आफ़नो लोक लयमा आधारित ‘गलकोटमा बग्यो दरम’ नामक पञ्चेबाजाको एल्बम बजारमा ल्याएका छन । गीत बजारमा आएको दुई दिनमा युट्युवमा एकलाख बढी भ्युज़ बटुल्न सफल भएको छ।
माया पिरतीका भावलाई मार्मिक शब्द संयोजनसहितको कथावस्तुमा समेटेर गलकोट क्षेत्रका रमणीय र पर्यटकीय स्थानलाई दृष्यमा उतारेर सो एल्बम बजारमा ल्याएका हुन ।
गायक खत्री र सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको उक्त एल्बमको शब्द तथा संगीत बिष्णु खत्रीकोनै रहेको छ । बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको भिडियोमा सारिका केसी र बिष्णु खत्रीको फिचरिङ रहेको छ । बिष्णु खत्री युटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीति एल्वम बागलुङको गलकोटका विभिन्न स्थानमा छायांकन गरिएको गरिएको छ । ( हेर्नुहोस् भिडियो )