नेपालमै भयो अत्यत जटिल शल्यक्रिया, दुर्घ*टनामा परी आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकलाइ डाक्टरले बचाए !

दुर्घ*टनामा परी आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको सफल शल्यक्रिया गरिएको छ । बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर शौचका लागि जान लाग्दा घरको छतबाट चिप्लिएर तल रहेको बाँसधारीमा बाँसको ठुटोमा परेका थिए । ठुटो पेटमा रोपिएर आन्द्रा, भुँडी बाहिर निस्किएपछि आफन्तले तत्कालै मोटरसाइकलमा राखेर सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुयाएका थिए । डा राजीव मिश्रा, डा पारसमणि साह, डा शशाङ्क यादव, डा गोपाल यादवलगायतको टोलीले उनको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गर्न चार घण्टा लागेको डा मिश्राले बताउनुभयो ।

शल्यक्रिया सफल भई शुक्रबार बालक होसमा आएपछि आफन्तहरु पनि निर्कै खुशी भएका छन् । शल्यक्रिया सफल भएपछि घाइते बालकका आफन्तले खुशी व्यक्त गरेका छन् । ‘अप्रेशन सफल हुने हो की होइन्, भन्ने निकै डर थियो’ घाइते बालककी आमा सबनम खातुनले भनिन्, ‘डाक्टरहरुको प्रयास सफल भयो, ज्यान बच्यो, धेरै खुशी भएका छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार