लोग्नेले टिकटक छाड्न भनेपछि, पत्नीले टिकटकमै आफ्नो अन्तिम भिडियो पोस्ट गरेर आ*त्मह*त्या

टिकटक अहिले सबैभन्दा लोकप्रिय एप बनिरहेको छ । कतिपय मानिसहरु टिकटकको पागलपनमा ज्या*न दिनसमेत पछि पर्दैनन् । भारतमा हालैका दिनमा टिकटकसँग जोडिएका केही अनौठा घटना भएका छन् ।

शिरडीमा बिहीबार टिकटक भिडियो बनाइरहेको समयमा गो*ली चल्दा एक व्यक्तिको ज्या*न गएको छ । त्यस्तै तमिलनाडुमा एक महिलाले पतिको गा*लीबाट रिसाएर टिकटकमै आफ्नो अन्तिम भिडियो पोस्ट गरेर आ*त्मह*त्या गरेकी छन् ।

तमिलनाडुको अरियालुरको घ*टना हो यो । २४ वर्षीया एक महिलालाई उनका पतिले टिकटकमा भिडियो हालिरहेको भनेर गा*ली गर्ने गर्दथे ।

लोग्नेको किचकिचबाट दिक्क ती महिलाले अन्ततः वि*ष पिएर आफ्नो अन्तिम भिडियो रेकर्ड गरिन् र लोग्नेलाई ह्वाट्सएपबाट उक्त भिडियो पठाइन् ।

परिवारजनका अनुसार ती महिलालाई टिकटकमा भिडियो बनाउने यस्तो लत बसेको थियो कि आफ्ना सन्तानको समेत ध्यान राख्न छाडेकी थिइन् ।

पत्नीको त्यो बानीबाट दिक्क भएर उनका लोग्नेले गा*ली गर्न थालेका थिए । गाली सहन नसकेर उनले वि*ष पिएर आ*त्मह*त्या गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार