यि हून २०७५ मा नेपाली चलचित्रमा डेब्यु गरेका ७ नेपाली नायिका जस्ले मच्चाइन ठुलो तहल्का(तस्बिर सहित)

१. सुहाना थापा

अहिले निकै चर्चामा आएकी नायिका हुन् – सुहाना थापा । उनले चलचित्र ‘ए मेरो हजुर न – ३’ मार्फत् आफ्नै प्रोडक्सन हाउसबाट डेब्यु गरेकी हुन् । उनको चलचित्र रिलिज हुनु भन्दा पहिले नै उनी निकै चर्चामा आइसकेकी थिइन् । उनको चलचित्र अहिले हलमा चलिरहेको छ र बक्स अफिसमा बम्पर कलेक्सन गरिरहेको छ ।

२. उपासाना सिंह ठकुरी

चर्चित नायक तथा निर्देशक भुवन केसीले निर्देशन गरेको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी हुन् – नायिका उपासाना सिंह ठकुरीले । पछिलो समय निकै चर्चामा रहेका मेगास्टार अनमोल केसीसँग खेलेका कारण पनि उनी निकै चर्चामा आएकी हुन् ।

३. मालिका महत

पछिलो समय निकै चर्चामा आएकी नायिका मालिका महतले नेपाली चलचित्र ‘यात्रा’ बाट डेब्यु गरेकी हुन् । ‘यात्रा’ अहिले हलमा चलिरहेको छ ।

४. शिल्पा मास्के

नेपाली चलचित्रमा आउनु भन्दा पहिला हलिउड चलचित्रको गीतमा डान्सरको रुपमा काम गरिसकेकी नायिका शिल्पाले ‘द ब्रेक अप’ बाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेकी हुन् । उनले त्यसपछि चलचित्र ‘कागज पत्र’ र ‘सानो मन’मा पनि अभिनय गरेकी छिन् ।

५ . निरिशा बस्नेत

नायिका निरिशा नेपाली चलचित्रमा पाइला टेक्नुभन्दा पहिला भरतीय टेली श्रृंखला ‘मार मेडलिन’मा काम गरिरहेकी थिइन् । उनले चलचित्र ‘जानी नजानी’ बाट डेब्यु गरेकी हुन् ।

६.आश्मा गिरी

म्युजिक भिडियोबाट चलचित्र ‘ड्रीम गर्ल’ मा डेब्यु गरेकी नायिका आश्मा गिरी अहिले राम्रो नाम कमाइ रहेकी छिन् ।

७. रेवती क्षेत्री

चलचित्र ‘समर लभ’ बाट डेब्यु गरेकी नायिका रेवती क्षेत्री पछिल्लो समय निकै चर्चा रहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार