काठमाडौँ । टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७।८ म्याग्नीच्युडको सो भुकम्पमा परी हजारौं मान्छेहरु घाइते भएका छन ।
मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भुकम्पले हजारौं घरहरु ध्ववस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।
उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
यसैबिच उक्त भूकम्पका साक्षी नेपाली विद्यार्थी पनि बने । टर्कीको गाजियान्टेप विश्वविद्यालयमा अध्ययनरत सिमरा बाराका १९ वर्षीय सकिल शेख होस्टलको भुइँतलामा सुतिरहेका थिए । सोमबार बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएपछि दौडिएर बाहिर निस्किएको बताए ।
उनका अनुसार पहिलो झड्कामा ३५–४० सेकेन्ड जोडले हल्लायो । त्यसपछि गाजिन्यान्टेपलाई केन्द्रबिन्दु बनाएर ७।८ म्याग्निच्युटको भूकम्प गयो । उनीसहित उक्त विश्वविद्यालयको होस्टलमा ५ हजार विद्यार्थी बस्थे । अहिले उनीहरुलाई नगरपालिकाले खानपिनको व्यबस्था गरेको छ । उनीहरुलाई अहिले म्युजियममा राखिएको छ। म्युजियम पूर्ण भूकम्पप्रतिरोधक भएको उनले बताए । सकिलले भूकम्पपछि बुबा आमा आत्तिएकाले नेपालमा निरन्तर कुराकानी भइरहेको पनि बताए ।