यी हुन भगवान शिबलाई बेलपबत्र चढाउदा हुने फाइदाहरु

काठमाडौं । महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ । महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो । महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ ।

महाशिवरात्रीमा भगवान शिवको पूजा अर्चना गर्नका लागि पशुपतिनाथमा नेपालका धेरै स्थान तथा भारतबाट पनि ठूलो संख्यामा दर्शनार्थीहरु काठमाडौँ आउने गर्छन् । काठमाडौँ आएका हरेक दर्शनार्थीहरुले पशुपतिनाथ पुगेर कठोर तपस्या र पूजा अर्चना गर्ने गर्छन् ।

शिवरात्रीमा मात्रै नभई भगवान् शिवको हरेक पूजाआजामा पवित्र बेलपत्र चढाइन्छ । धार्मिक मान्यता अनुसार शिवलाई बासी बेलपत्र चढाउनुहुन्न ।महादेवलाई बेलपत्र चढाएको बेलपत्रमा दाग हुनु हुँदैन भन्ने विश्वास चलिआएको छ । त्यस्तै ओइलाएका बेलपत्र पनि चढाउनुहुन्न । बेलपत्र चढाउँदा कम्तिमा ११ वा २१ वटा बढाउनुपर्छ ।भगवान शिवलाई पूजा गर्दा बेलपत्र चढाएमा यस्ता फाइदाहरु हुन्छन् :

आर्थिक संकट हटेर धन सम्पत्तिमा आर्जन हुन्छ:भगवान् शिवको पूजाको क्रममा बेलपत्र चढाउने महिलार्ला अखण्ड सौभाग्य प्राप्त हुने धार्मिक विश्वास गरिन्छ ।

सबै समस्याहरुबाट छुटकारा मिल्छ:भोलेनाथको सँधै कृपा रहिरहन्छ:हरेक मनोकामना पूरा गर्नका लागि बेलपत्रमा ऊँ नवमं शिवाय लेखेर शिवलिंगमा चढाएमा लाभ हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार