मेस्सी र एम्बाप्पे खेलाउँदा पनि पिएसजीको हार

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ ।

गएराति भएको खेलमा पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएको हो ।

बायर्नको जितमा पिएसजीकै पूर्वखेलाडी किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो । पार्क डेस प्रिन्सेसमा भएको प्रतिस्पर्धात्मक खेलमा कोमानले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

उनले ५३ औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गरेका थिए । खेलको ८२ औं मिनेटमा पीएसजीका लागि एमबाप्पेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

त्यसपछि पनि पिएसजीले प्रयास गरेपनि गोल गर्न सकेन । पिएसजीले चोटबाट पूनरागमन गर्ने प्रयासमा रहेका लियोनेल मेस्सी र केलियन एमबाप्पेलाई खेलाएपनि सफलता हात पार्न सकेन ।

अब दोस्रो लेग बायर्नको मैदानमा आठ मार्चमा हुनेछ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बायर्न क्वाटरफाइनलमा पुग्नेछ । त्यस्तै गएराति नै भएको अर्को खेलमा एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ ।

सातौं मिनेटमा मिलानका डियाजले गरेको गोल नै निर्णायक गोल बन्यो । मिलानले आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल हुँदा टोटेनहमले खेलमा फर्कने प्रयास गरेपनि मिलानको रक्षापङ्ति तोड्न नसक्दा पहिलो लेगमा हार बेहोर्न पुग्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार