तनहुँमा शरीरमा थुप्रै सुन लगाएर हिँड्ने एक ब्याक्तिको यसरि लिए ज्यान !

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँ८ टी रे८ *टेर ह८ त्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको ज्यान लिएको हो ।

शाहीको श*व बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आउनुभएका शाही आइतबार रातिदेखि बेप*त्ता हुनुभएको थियो ।

शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृ*तक शाहीको घाँ* टीमा धा*रिलो हति*यारको चोट छ ।सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको श*व देखेपछि प्रहरीमा खबर गरेका थिए । श*व परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घ*टनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको ह८ त्या भएको हुनसक्ने अनुमान गरिएको छ ।“घट*नाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो, “शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छाँै ।

” यो घटनामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको ह.. भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । “चार÷पाँच तोला सुन र रु ४०÷५० हजार उहाँसँग सधैँ हुन्थ्यो”, एक स्थानीयवासीले भन्नुभयो, “त्यही प्रलोभनका कारण उहाँको ह*त्या भएको हुनसक्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार