काठमाडौं -राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग राष्ट्रपतिमा सहयोग मागेका छन् ।राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।
आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार दिएका पौडेललाई कांग्रेसको शनिवार बिहान बसेको बैठकले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। पौडेलको आग्रहमा लामिछाने आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ ।
यता नेकपा एमाले सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिमा उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।