गुल्मीमा २५ वर्षीया अविवाहित महिलाले जन्माइन् छोरा

बुटवल । सोमवार गुल्मीकी एक अविवाहित महिलाले छोरा जन्माएकी छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर ११ सिमचीचौरकी अन्दाजी २५ बर्षीया रुमकली नेपाली (नाम परिवर्तन) ले जिल्ला अस्पताल तम्घासमा छोरा जन्माएकी हुन् ।

सोमबार बिहान उनी सिमिचौरको सडकमा सुत्केरी ब्यथा लागेर लडेको थाहा पाउनासाथ त्यहाँका वडाध्यक्ष खुमबहादुर रानाले तत्काल गाडी मगाई जिल्ला अस्पताल ल्याएका थिए । रानाले अस्पालका स्वास्थ्य कर्मीहरुलाई उनको स्वास्थ्य अवस्था राम्ररी हेरचाह गराउन र खर्चका लागि कुनै चिन्ता नगर्नु भनेर सुझाएका थिए ।

अत्यन्तैै विपन्न परिवारकी उनी मानसिक सन्तुलन समेत ठिक नभएको वडाअध्यक्ष रानाले बताएका छन् । साथै उनको परिवारको अवस्था एकदमै नाजुक रहेकोले उनको सम्पूर्ण उपचार खर्च आफुले ब्यहोर्ने वडाध्यक्ष रानाले बताए छन् । उनले भने– ‘आमा-छोरा दुबैलाई बचाउन सकियो, उनले जन्माएको छोरा देखेर खुशी लागेको छ ।’

वडा सदस्य हुमकली रानाले भने फकाएर सोध्दा पनि उनले कुनै पुरुषको पनि नाम नलिएको बताएकी छिन् । यद्यपि उनले छोरा पाएको खबरले गाउँबासी नै खुसी भएको वडा सदस्य राना बताउछिन् । सुत्केरी भएकी महिला मानसिक सन्तुलन ठिक नभए पछि उनको विवाह नभई बृद्धबृद्धा आमा-बाबुसंग बस्ने गरेकी थिईन् ।

उनको र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको प्रशुती गराइएको डाक्टर सरोज पोखरेलले बताए । प्रहरी प्रशासनको सहयोगले बच्चाको वास्तविक बाबुको खोजी गरिने वडाध्यक्ष रानाले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार