काठमाडाैं, १३ फागुन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। उनल यो देश कहिल्यै नबन्नेसमेत जनाएका छन ।
‘मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’ शाहले भनेका छन। तर, उनले कसले राजीनामा दिन लगाउन खोजेको हो त्याे भने केही खुलाएका छैनन् ।अचानक देखा परेकाे मेयर शाहकाे याे स्टाटसले तरंग उत्पन्न गर्ने भएकाे छ ।
यो पनि / आफ्नी मायालुलाई भेट्न एक प्रेमीले के सम्म गर्दैनन् होला ? भन्ने कुराको उादहरण प्रेमीकाको विबाहमा महिलाको भेषभुषामा पुगेका प्रेमीले देखाएका छन् ।
आफ्नी प्रेमीकाको विबाह अर्कै पुरुषसँग हुने खबर पाएका प्रेमी विबाहको दिन महिलाको ड्रेस लगाएर विबाह स्थलमा पुग्छन् ।
प्रेमिकाको घर पुग्दा त्यहाँ विवाहको धुमधाम तयारी भइरहेको दृश्यले उनी दुखी हुन्छन् । नक्कली कपाल जोडेर, महिलाको कपडा लगाएर, फेसमा मेकअप समेत गरेर महिला जस्तै बनेर पूर्व प्रेमिकाको घर पुगेका उनले लेडीज चप्पल र लेडीज ब्याग समेर बोकेर प्रेमिकालाई लुकेर चियाउन कोशिस गर्छन् ।
तर माहोल प्रतिकुल बन्दै जान्छ जब ती युवकको टाउकोबाट नक्कली कपाल बाहिर झर्न थाल्छ । धेरैले ती युवकलाई समातेर उनीबारे सोधपुछ गर्न थालेपछि उनी आफ्नो सत्य कथा भन्न बाध्य हुन्छन् । जुन दृश्य भिडियोमा समेत कैद भएको छ ।
मानिसहरुले भिडियो नै खिच्न थालेपछि ति युवक त्यहाँबाट हतार हतार साथीको मबाइकमा चढेर भाग्न सफल हुन्छन् । उनी भागेपनि यो समाचारभारतसहित दक्षिण एशियाका धेरै मिडियाले कभरेज गरेका छन् ।