जंगलमा भारतीय युवतीले अफ्रिकी जनजातिसँग रात बिताइन्, भिडियोमा के छ ?

एक भारतीय युवतीको भिडियोलाई सामाजिक सञ्जालमा धेरैले मन पराइरहेका छन् । उनी युट्युबर हुन् । ती युवतीको नाम गरिमा हो । उनले हालै एउटा भिडियो साझा गरेकी थिइन्,जसमा उनले अफ्रिकी जनजातिसँग रात बिताइन् । उनी आदिवासी समूहसँग झाडीहरूको बीचमा सुत्छिन् ।

भिडियो आएपछि मानिसहरूले गरिमाको धेरै प्रशंसा गरिरहेका छन् । गरिमाले यो भिडियो ‘वान्डरिङ विथ पेन्ट’ नामक युट्युब च्यानलबाट साझा गरेकी हुन् । उनले आफू तान्जानियामा भएको बताउँछिन् । हदजाबे जनजाति गाउँमा एक्लै पुगेर उनीहरुको जीवनशैली र संस्कृतिको बारे उनले भिडियो बनाएकी हुन् ।

उनले रातभरी उनीहरूका बीचमा बिताइन् । भिडियो साझा गर्दै गरिमाले लेखेकी छिन्, ‘अफ्रिकामा हदजाबे जनजातिहरूसँग एक्लै सुत्दै’ भनेर राखेकी छिन् । भिडियोमा गरिमाले आफू तान्जानियाको इयासी ताल नजिकै बसेको जानकारी गराइन् ।

भिडियोमा गरिमा एक स्थानीय केटासँग मोटरसाइकलमा हाजाबे जनजातिका मानिसहरूसम्म पुग्छिन् । भिडियोमा गरिमाले भनिन्, ‘हदजाबे जनजातिका मानिसहरू शहरबाट टाढा भित्री क्षेत्रमा बस्छन् । उनीहरू झाडीबीच र गुफाहरूमा पनि बस्छन् ।
गरिमाले त्यहाँका बालबालिकालाई तीर बनाउने र धनुष र बाणबाट गोली चलाउने तरिका पनि सिकाउँछन् । त्यहाँका मानिसहरूलाई पनि चुरोट धेरै मनपर्छ ।’

मेलामा खुबै रमाईलो गरियो !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार