धन कमाउन रोमानिया गएका खोबेन्द्र गुरुङको निधन

ब्रसेल्स । बन्दिपुर गाउँपलिका–६, बघाल तनहुँका खोबेन्द्र गुरुङको गत फेब्रुअरी ९ तारिखमा उपचारको क्रममा रोमानियास्थित म्युनिसिपाल हस्पिटल, ओराडियामा निधन भएको छ । गुरुङको उपचारमामा संलाग्न चिकित्सक र अस्पताल स्रोतका अनुसार मृतकलाई ब्लड क्यान्सर भएको हो ।

छ महिना अघि मात्र वैदेशिक रोजगारीको सिलसिलामा रोमानिया पुगेका गुरुङ रोमानियाको मदारस जुड बिहोर, ४८३ को कोरल बायोग्रीन्स कम्पनीमा भेजिटेबल प्याकिङ गर्ने काम गर्थे। केही समय अघिदेखि उनी गम्भीर बिरामी भएका थिए । मृतकका आफन्त निर्मल गुरुङका अनुसार बिरामीको मृत्युको खबर नेपालमा रहेका परिवारलाई अस्पतालले नै दिएको थियो ।

मृतकको परिवारमा श्रीमती, एक छोरा, एक छोरी छन्। केही महिना अघि मात्र छोरीको पनि मुटुको अप्रेसन गरेको बताएका छन् ।उनी भन्छन्, परिवारलाई सुखी र खुशी राख्न धन कमाउने उदेश्यले विदेशिएको मूल अभिभावकको विदेशमा निधन भएको खबरले परिवार र आफन्तजन स्तब्ध भएको छ र घरको मूल खम्बा गुमाउदा परिवारको बिचल्ली भएको मृतक का आफन्त निर्मल गुरुङले बताएका छन्।

शव नेपाल पठाउन त्यहाँ रहेका विभिन्न संघ संस्था र निकायहरु लगायत रोजगार दाता र नेपालबाट मृतकलाई रोमानिया पठाउने मेनपावरबाट मृतकले पाउनु पर्ने इन्सुरेन्स र क्षतिपूर्ति दिलाइ दिनसमेत पनि परिवारले अनुरोध गरेका छन्।

शव सम्पूर्ण कानुनी र कागजी प्रक्रिया पूरा गरी फेब्रुअरी २१ मा टर्की एअयर बाट नेपाल पठाइ सकेको छ। अल्पायुमै खोबेन्द्र गुरुङको निधन भएको खबरले रोमानियामा रहेका नेपालीहरू स्तब्ध छन्। मृतकका परिवारलाई रोमानियामा रहेका विभिन्न संघ सस्थाको तर्फबाट ५०÷५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार