रास्वापाले फेर्यो चुनाव चिन्ह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिन्ह परिवर्तन गरेको छ ।

मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भन्ने उदेश्यले चुनाव चिन्ह परिवर्तन गरिएको रास्वपाले जनाएको छ ।

यो सँगै अब रास्वपाको चुनाव चिन्ह घण्टी मात्रै भएको छ । यसअघि गोलाकार भित्रको घण्टी थियो ।

रास्वपाको घण्टी चिन्हलाई निर्वाचन आयोगले मान्यता पनि दिएको छ । यसअघि घण्टी मात्रै चुनाव चिन्हको पार्टी पनि भएको तर हाल उक्त चुनाव चिन्ह भएको पार्टी खारेज भइसकेकोले उक्त चिन्हलाई आयोगले मान्यता दिएको हो ।

यो पनि / सर्लाही-सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ ।

जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिनुभयो । त्यस्तै विद्यालय सहायक परिचर चार सय ७८, विद्यालय सहयोगी कर्मचारी ८६ तथा निजी स्रोतका शिक्षक एक सय आठ दरबन्दीमा कार्यरत रहेका उहाँले बताउनुभयो । जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी जनशक्ति कार्यरत रहे पनि सामुदायिक विद्यालयको अवस्था दिनानुदिन खस्कँदो छ ।

जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा दुई हजार नौ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउनुहुन्छ । रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उहाँको भनाइ छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा र अध्यापनमा सुधार हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार