रवि लामिछानेको समर्थकविरुद्द माता सबिताको प्रहरीमा उजुरी(भिडियो)

काठमाडौं /भविष्यवाणी हेर्ने माता सबिता सरु शर्माले आज प्रहरी कार्यालय गएर रवि लामिछानेका समर्थकविरुद्द उजुरी गरेकी छिन । आफुले केहि समय अघि देखि रवि लामिछाने माथि संकट आउने भविष्यवाणी गरेको र आझै यो संकट टर्ने जस्तो नदेखिएको कुराहरु अन्तर्वार्तामा भन्दै आएपछि रवि लामिछानेका समर्थकहरुले उनलाई गालि गर्दै कमेन्ट र धम्कि दिएपछि अपराध महाशाखामा जाहेरी दिएकि हुन् ।

उजुरी दिएपछि माताले मिडियासंग कुराकानी गर्दै भनिन्: “मलाई अमेरिका देखि धेरै ठाउबाट म्यासेज देखि फोनमा धम्कि सम्म आउन थाले । रवि लामिछानेको नाम लिदै मलाइ धम्कि आउन थाल्यो जसले गर्दा मलाइ डर त्रास हुन थाल्यो ।

मैले रवि लामिछानेलाई उनको जीवनमा आउने संकटको बारेमा म्यासेज गरेर भनेको कुरा उल्लेख गर्दा रविको समर्थकबाट अहिले एकोहोरो गालि र धम्कि दिन थालेपछि म उजुरी दिन आउन वाध्य भए । मैले रविलाई सुचना दिनु गलत हो र मलाई धम्कि दिने कि म चितवन आन्दोलनमा नगएकोले गालि गरेको हो भन्ने बुझ्न सकिन ।”

माताले रविलाइ अझै अफ्ठ्यारोको समय चलेको छ तर हत्या कसले गर्यो वा रवि दोषी कि निर्दोष बारे मैले कुनै भविष्यवाणी गरेको छैन तर उनलाई संकट हुदा उनको कार्यक्रमलाइ असर भने पर्छ नै । माताले आफुले रवि प्रधानमन्त्रि हुन्छ कहिले पनि भनेको छैन बरु रवि कहिले पनि प्रधानमन्त्री हुनेछैनन् भनेको कुरा उल्लेख पनि गरिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार