चितवन पुगेर न्यायको पक्षमा शिशिर भण्डारी गर्जिए (भिडियो)

यो आवाज न्यायको लागि हो । शालिकराम पुडासैनी प्रकरणमा गहन रुपमा सत्य तथ्य छानबिन होस । हामी सबैका प्रिय सँचारकर्मी रबि लामिछाने दाईले देश र जनताका लागि गर्नु भएको सत्कर्महरुको हामी प्रशँसा गरेर थाक्दैनौं” चर्चित सँचारकर्मी तथा समाजसेवी शिशिर भण्डारी चितवन पुगेर न्यायको पक्षमा बोलेका छन् । उनले शान्तिपुर्ण ढँगले शालिक राम पुडासैनी प्रकरणमा सत्यतथ्य छानबिन होस र दोषीलाई कारवाही होस, निर्दोष नफसोस भनेका छन् ।

शिशिर चितवन पुग्दा रबि र शिशिरका समर्थहरुले उनलाई तालीले स्वागत गरेका थिए । आजै चितवन पुगेका शिशिरले प्रहरी प्रशासनको सम्मान गर्दै, देशको न्यायालयको सम्मान गर्दै, यथार्थ तरुन्तै पत्ता लगाउन भने । उनले भने, यदि रबि लामिछाने जस्ता देशको लागि मरिमेट्ने सपुतलाई फसाउने ष ड्यन्त्र भएको हो भने, शिशिर भण्डारी जस्ता देशको लागि केहि गर्छु भन्नेले म रे हुन्छ । भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार