वरिष्ठ कलाकार किरण केसीले भने– रवि रास्ट्रभक्ति हुन्, उनि निर्दाेष छन्, (भिडियो)

काठमाडौं । वरिष्ठ कलाकार किरण केसीले प्रहरीको न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका चर्चित प्रस्तोता रवि लामिछाने निर्दाेष रहेको बताएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा अनुसन्धानका लागि रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की बिहीबारदेखि चितवन प्रहरीको न्यायिक हिरासत छन् । तर, रवि प्रहरी हिरासतमा पुगेसँगै उनी निर्दाेष रहेको भन्दै विभिन्न क्षेत्रका मानिसहरुले बताइरहेका छन् भने चितवनमा रवि समर्थकहरुले नाराबाजी गरिरहेका छन् ।

यस्तै वरिष्ठ कलाकार केसीले शालिकरामको रहस्य निधनमा रविको संलग्नता रहनु पर्ने कुनै कारण नदेखिएको बताए । आफूले २५ वर्षदेखि रविलाई चिनेको भन्दै केसीले राष्ट्रभक्तका गीत सुन्ने र रुने गरेका रविले यस किसिमको अ पराध नगर्ने दाबी गरे । शालिकरामको निधनका सम्बन्धमा बयान दिन आफू आवश्यक स्थानमा उभिन तयार रहेको रविले बताएको भन्दै कलाकार केसीले रवि निर्दाेष रहेको जिकीर गरे ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि प क्राउ परेका टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालत चितवनले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ। प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई मंगलबार दोस्रो पटक जिल्ला अदालत चितवनमा पेस गरेको थियो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले ५ दिन थुनामा राख्न माग गरेकोमा अदालतले ५ दिनकै लागि म्याद दिएको हो।

२०७६ साउन ३० मा काठमाडौंबाट नियन्त्रणमा लिएका उनीहरुलाई पहिलो पटक ३१ साउनमा अदालत उपस्थित गराइएको थियो। त्यतिबेला पनि अदालतले ५ दिन नै थुन्न आदेश गरेको थियो। राजधानीबाट गएका रवि लामिछानेका कानुन व्यवसायी सुनिल पोखरेलसहितले धरौटीमा छोडी कानुनी प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका थिए। अदालतको तीन नम्बर बेञ्चमा भएको सुनुवाईमा न्यायाधीशले दुवै पक्षको बहस सुनेका थिए। प्रहरीले जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीको तर्क सुनिसकेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आ त्मह त्या दुरुत्साहनमा प क्राउ परेका लामिछानेसहित ३ जनालाई नै थप ५ दिन थुन्न अनुमति दिएका हुन्।

अनुसन्धानको काम बाँकी रहेको प्रहरी भनाइ छ। यसअघि सोमबार र मंगलबार गरी जिल्ला सरकारी वकिलको कार्यालयमा तीनै जना अभियुक्तसँग बयान लिने काम भएको थियो। सोमबार बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका थिए। उनले बयानका क्रममा आफूलाई गाली गरेको र आ रोप लगाएको भन्ने अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार