गायक हनी सिंह नेपाल आउँदै

भारतीय चर्चित हिपहप गायक हनी सिंह नेपाल आउने भएका छन् । सिंह २५ चैतमा काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुनेछन् ।

युनिफाई नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंहले सहभागिता जनाउने आयोजकले जनाएका छन् । हायातमा हुने उनको कार्यक्रमको टिकटका सबै मूल्यसम्बन्धी जानकारी ई–सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए ।

‘साधारण टिकटकको १ हजारदेखि माथि र भीआईपी टिकटको २ हजार रुपैयाँभन्दा बढी हुन सक्नेछ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ उनले भने, ‘प्रि बुकिङका लागि सम्पूर्ण टिकट ई–सेवाबाट प्राप्त गर्न सकिन्छ ।’

सिंहका गीत ब्लु आइज, धिरेधिरे र चार बोतल भोड्कालगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिने श्रेष्ठले जानकारी दिए ।

युनिफाई नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जितसँगको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए । ‘नेपाल भारतको छिमेकी मुलुक भएकाले पनि मलाई धेरै मनपर्छ । चाँडै नेपाल आउँदैछु,’ सिंहको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार