छन गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भने जस्तै भएको नायिका वर्षा शिवाकोटीको सम्बन्ध पनि यतिबेला बिचरा ! बिबाह भएको १ बर्ष नपुग्दै श्रीमानले अर्की युवतीसँग बिबाह गरेपछि अहिले वर्षा शिवाकोटी एकल जीवन बिताउन बाध्य छिन्। उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् ।
अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।
वर्षा शिवाकोटीलाई मिनी हार्ट अट्याक हृदयघात भएको खबर केही समय अगाडि बाहिरिएको थियो , उनी स्वयमले यस विषयमा फेसबुक मार्फत जानकारी दिएकी थिइन्। उतिबेलानै उनको वैवाहिक सम्बन्धमा खटपट आएको समाचारहरू प्रकाशित भएका थिए ।
तर अहिले वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ । बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो ।यद्यपि, वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य जीवनबारे मौनता साँधिरहेकी छन् । वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवती समिक्षा विमलीसँग मागी विवाह गरेका हुन् । उनीहरुको हिजो झापामै विवाह भएको बुझिएको छ ।
विवाह भन्दा पहिला वर्षा कलाकार राज कटुवालसँग प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो ।तर, अभिनेत्री वर्षाले भने राजसँग प्रेम नै नभएको दाबी गरेकी थिइन् ।
यद्पि उनले बारम्बार प्रेममा असफल नायिका भनेर आफूलाई चित्रण भने गरेकी छन् ।वर्षाले यस्तो बताएपनि राज र वर्षाबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेकै हो । उनीहरुको प्रेम सम्बन्धको खबरले मिडियामा पनि राम्रै स्थान पायो । यसपछि यो जोडीले केही म्युजिक भिडियोमा पनि काम गर्यो । तर, प्रेम चर्चा चलेको करिब १० महिनापछि भने राज र वर्षाको सम्बन्धमा खटपट खबर बाहिरिएको थियो । वर्षाको अहिले वैवाहिक सम्बन्ध पनि १० महिनामै टुंगिएको छ।
यस्तो छ वर्षा शिवाकोटीको विगत । बिराटनगरमा जन्मिएकी नायिका शिवाकोटी सानैदेखि काठमाडौंमा हुर्केकि हुन् । वर्षा घरको कान्छी छोरी हुन् उनको एक दाइ छन् , बुवाले भने संसार छाडिसकेका छन् । सानैदेखि एक्लै बस्न खेल्न रुचाउने वर्षा शिवाकोटीले नाइ नभन्नु ल २ बाट नेपाली रजतपटमा पाइला चालेकी हुन् । त्यसपछि उनले चलचित्र पशुपति प्रसादमा काम गरेी थिइन् । फिल्ममा मात्र हैन म्युजिक भिडियोमा पनि राम्रो छाप राख्न सफल नायिका हुन् वर्षा ।
वर्षाले एक अन्तर्वार्तामा भनेकी छिन् , जीवनका केही गल्तीमा मैले प्रेम गरेर पनि गल्ती गरेँ । अहिले सम्झदा त्यो गल्ती थियो भन्ने लागेको छ । करिब दुई वर्षमा मैले मान्छे चिन्ने मौका पाए । मानिसको दुःख देख्नेबित्तिकै मलाई माया लागेर आउँछ । यही कारणले पनि केही गल्ती जीवनमा भएका छन्, तर म पश्चाताप गर्दिनँ । किनकि, आफूले जे सोचेको हो, त्योभन्दा फरक पाउँदा दुःख त लाग्छ । तर, मान्छे चिन्ने मौका पाएकोमा खुसी पनि ।
कलाकार भइसकेपछि नकारात्मक र सकारात्मक दुवै टिप्पणी हुन्छन् नै । तर, नकारात्मक कुरालाई मैले इग्नोर गर्न थालेकी छु । जति धेरै रियाक्सन गर्यो, त्यति नै त्यो कुरा तन्कने रहेछ । कसैले मेरो चरित्रमाथि नै प्रश्न उठायो भने, किन यस्तो कुरा आयो भनेर बुझ्ने कोसिस त गर्छु । तर अब जसले जे भने पनि आफू सही मार्गमा हिँड्नुपर्छ भन्ने लाग्न थालेको छ ।
मलाई थाहा छ, नायिकाको करिअर त्यति लामो हुँदैन । यसैले एकले अर्कोलाई विस्थापित गरेका हुन्छन् । म पनि सकारात्मक तरिकाले अहिलेका नायिकालाई रिप्लेस गरेर त्यो स्थानमा बस्न सक्छु भन्ने ठान्छु । ममा विस्थापित गर्ने खुबी र चाहना दुवै छ, तर सकारात्मक अर्थमा । मेरो लुक्स र अभिनयले मलाई यो आत्मविश्वास बढाइदिएको छ ।
चर्चा र हल्ला नै नमच्चाई आफुले रोजेको मान्छे संग लगनगाँठो कसेकी थिइन् नायिका वर्षा शिवाकोटीले । आशिष संग सुटुक्क बिबाह गरेकी थिइन् । आशिष लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
त्यतिबेला नायिका बर्षा पनि अब अमेरिका तिरै सेटल हुन्छिन् कि भन्ने सबै आकलन गरेका थिए । किनभने. विवाहपछि श्रीमान आशिष बर्षा लाई नेपालमै छोडेर अमेरिका गएका थिए । त्यतिबेला फ्यानहरुको मनमा उठेको सवालका बिषयमा अभिनेत्री बर्षाले पनि यस्तो जवाफ दिएकी थिइन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममा वर्षालाई एक फ्यानले सोधेका थिए नेपालमै बस्ने कि अमेरिका जाने भनेर ।
यसको रिप्लाई दिदै बर्षाले भनेकी थिइन्– श्रीमान जहाँ, म पनि त्यहीँ । यसको अर्थ स्पष्ट हुन्छ कि अब उनी अमेरिका तिरै जानेछिन् । आम दर्शकको अनुमान त्यहि रहे पनि आशिष नेपालमै आउने संभावनालाई पनि नकार्न भने सकिदैन थ्यो । धेरै जसो नेपाली कलकार अमेरिका तिर सेटल भईरहेको बेला बर्षाको यो जवाफले कतै उनी पनि नेपाली चलचित्र उद्योग बाट टाढा जाने त हैन भन्ने सवाल भने उठिरहन्थ्यो तर आज एक्कासि वर्षा शिवाकोटीको सम्बन्ध टुटेको खबर बाहिरिएपछि सबैकुरा छर्लङ्ग भएको छ ।