चलचित्र ‘ए मेरो हजुर ४’मा सुहानाको जोडी अनमोल नहुने

काठमाडौँ । सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ को चौथो सिरिज बन्ने भएको छ । नायिका तथा निर्देशक झरना थापाले निर्देशन गर्ने यो चलचित्र मिति नतोकिए पनि अर्को दशैमा रिलिज हुने गरी निर्माण हुने निर्माता सुनिल कुमार थापाले बताए ।

यसअघि झरना थापाले ‘ए मेरो हजुर ४’ भन्दा अगाडि ‘भागवात गीत’ को स्क्रिप्ट तयार भएकाले यो चलचित्र बन्ने बताएकी थिइन् । तर भर्खरै भुवन केसीले चलचित्र ‘एन्टी हिरो’ बनाउने निधो गरेपछि ‘भागवात गीत’ पछि सरेको हो । किनभने यस फिल्ममा भुवन र अनमोल नायक र भिलेनको भूमिकामा देखिदैछन् । त्यसैले ‘ए मेरो हजुर ४’ मा नायिका सुहाना दोहोरिने तर नायक अनमोल केसी नहुने जानकारी दिए । यो चलचित्रमा नयाँ नायक देखिनेछन् । त्यसो त उनीहरुबीचमा यो विषयमा कुराकानी भइरहेको छ ।

हाल निर्देशक थापा चलचित्र ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि विदेशमा छिन् । उनको साथमा नायिका सुहाना पनि छिन् । त्यसैले उनीहरु नेपाल आएपछि फाइनल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार