खोटाङमा एक युवकद्वारा आत्मदाह प्रयास, उपचारका लागि काठमाडौं पठाइयो

खोटाङ । खोटाङमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोलाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएर घाइते भएका थिए ।

शुक्रबार राति करीब ८ बजे आफ्नै शरीरमा आगो लगाएको देखिएपछि परिवारका अन्य सदस्य र छिमेकीले आगो निभाएका थिए ।

नजिकै रहेको तालखर्क प्रहरी चौकीबाट प्रहरी टोली पुग्दा आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारूङले बताए ।

जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पश्चात घाइते बास्तोलालाई थप उपचारका लागि शुक्रबार राति नै काठमाडौं पठाएको छ अहिले उनको उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

श्रीमतीसँगको झगडाले बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । यद्यपि पुष्टि हुन बाँकी रहेको प्रहरी बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार