‘धोकेबाज हौ तिमी’ मा एलिना चौहान हिट की शिव परियार हिट ??

यो वर्ष निकै सुनिएको गीत हो “धोकेबाज हौ तिमी”
मेला महोत्सव,स्टेज कार्यक्रम,रेडियो टिभी देखि सामाजिक सञ्जाल टिकटक फेसबुक सम्म यो गीत निकै चर्चामा रह्यो…

धोकेबाज हौ तिमी मेल र फिमेल दुवै भर्जन लाई लाखौं दर्शक स्रोताले मन् पराएका छन् । सुरुमा एलिना चौहान ले गाएको धोकेबाज गीत पछि शिव परियार ले गाएका हुन । दुवै भरजनलाई दर्शक स्रोताले निकै रुचाएपछि “धोकेबाज हौ तिमी”को चाइल्ड भर्जन समेत बाहिरिएको थियो । चाइल्ड भर्जन भने अर्का बाल गायक सुप्रीम मल्ल ठकुरी ले गाएका हुन ।

वास्तवमै समय सान्दर्भिक भएका कारणले पनि हुन सक्छ, यो गीतले माया गर्ने, धोका पाउने देखि लिएर राज्य चलाउने नेता सम्मलाई जोडेर विभिन्न किस्सा समेत आएका थिए । यो गीत को शव्द संगीतले पनि सबैलाई रीलेट गरी पनि रहेको छ..

सुबास कार्की (कार्की जी) को शब्द संगीतमा रहेको धोकेबाज गीतको अरेन्ज विशाल निरौला ले गरेका हुन् ।

वास्तव मै यो वर्ष यो गीत सबै भन्दा बढी गुन्जिएको गीतमा पर्छ चाहे मेला महोत्सव होस् या त रेडियो टिभि या त टिकटक… यो गीत धेरैले धेरै पटक सुनेको र हेरिएको गीतमा पर्छ ।

दर्शक बृन्द अब कुरा गरौं “धोकेबाज हौ तिमि “को कुन भर्जन लाई दर्शक श्रोताले बढी मन् पराउँछन त… वास्तवमा यो प्रश्न गर्दा गीत प्रति अन्याए हुन सक्छ… यो गीत चल्नुमा जस् कसलाई दिने एलिना चौहान शिव परियार भन्ने प्रश्न गर्यो भने चाहिँ गीत प्रति न्याए हुन् सक्ला…

विभिन्न स्टेज तथा महोत्सव मा गायिका एलिना चौहानले खुलेर यो गीत गाउने गर्छिन् त्यस्तै शिव परियार ले पनि खुलेर यो गीत गाउने गर्छन् । अब आयो प्रश्न अनुसार गीत चल्नुमा जस् एलिना लाई दिने या शिव परियार लाई…यसको जिम्मा भने हामी टिभि स्वतन्त्रका आदरणीय दर्शक प्रति नै छोड्न चाहन्छौ ।

बरु हामी यो चाहिँ भन्न सक्छौं कि सुरुमा एलिना चौहानको आवाजमा आएको धोकेबाज है तिमी पछि शिव परियारको आवाजमा आयो र केही समय पछि चाइल्ड भर्सनमा बाल गायक सुप्रीम मल्ल ठकुरीले गाएका हुन । समग्र टिकटकमा हेर्ने हो भने शिव परियारको भन्दा एलिना चौहानको आवाजमा रहेको क्लिप को संख्या धेरै नै छ.. स्टेज कार्यक्रम को कुरा गर्ने हो भने शिव परियार भन्दा एलिना चौहान ले यो वर्ष धेरै कार्यक्रम मा व्यस्त भइन् र यो गीत धेरै ठाउँमा प्रस्तुत गरेकि छन् । त्यस्तै युट्युब भ्युज को कुरा गर्ने हो भने यो रिपोर्ट तयार पार्दा सम्म एलिना चौहान को आवाजमा रहेको गीतलाई २४ मिलियन अर्थात् २ करोड ४० लाख बढी दर्शक ले हेरिसकेका छन् भने शिव परियारको आवाजमा रहेको गीतलाई ८० लाख बढी ले हेरेको छ न स्मरण होस्….एलिनाको यो गीत युट्युब मा अलि पहिला राखिएको हो …

वास्तवमै धोकेबाज है तिमी यतिबेला…टिकटकदेखि फेसबुक र इन्स्टाग्रामको रिल्ससम्म व्यापक सेयर भइरहेको छ । नेपाली मात्र होइन, विदेशीले समेत यो गीतको कन्सर्टका दृश्यलाई सेयर गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार