बेल्जियममा श्वेता र गरिमाको पोज ( फोटो फिचर)

काठमाडौं /नायिका श्वेता खड्का र नायिका गरिमा पन्तको युरोपमा आकस्मिक भेट भएको छ । गरिमाले भेट् भएको खुशी सामाजिक सञ्जाल इन्स्टाग्राममा साटेकी छिन् ।
गरिमाले तिमिलाई यहाँ देख्न पाउँदा खुशी लाग्यो भन्दै केहि तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।

श्वेता र गरिमाले एउटै फिल्ममा स्क्रिन सेयर गर्ने मौका समेत पाएका छैनन् । गरिमाले विवाह गरेपछि विदेशमै बसोबास गर्दै आएकी छिन् । श्वेता पनि फिल्ममा भन्दा माझि बस्ती निर्माण तिरै केन्द्रित रहेकी छिन् । उनी माझि बस्तीकै कामले युरोपमा पुगेकी थिइन् ।उनले हालै बालुवाटारमा हिमालयन जावा कपि सपको शाखा खोलेकी छिन् । यसको मुख्य शाखा राइजिङ मलमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार