टाइगर श्राफले उठाए २०० किलोको तौल, हेर्नुस भाइरल भिडियो

काठमाडौँ । बलिउडका अभिनेता टाइगर श्राफ एक्सन र फिटनेसको कारण सधै चर्चामा आइरहन्छन् । त्यसैले बेला बेलामा उनको जिम गदै गरेको तस्विर र भिडियोहरु पनि बाहिर आउँछ । त्यसका साथ उनका मार्शसआर्ट र जिम्नैस्टिकले फ्यानहरुलाई झनै उत्सुक बनाउँछ । भर्खरै मात्र पनि उनको एक जिम गदै गरेको भिडियो भाइरल भएको छ । भिडियोमा टाइगरले २०० किलोको तौल उठाएका छन्।

यो भिडियो उनी आफैले इन्स्ट्राग्राममा सेयर गदै यस्तो लेखेका छन्। २०० किलोको तौल उठाउन र जिम गर्न धेरै मुश्किल हुन्छ । लामो समयको मेहनतपछि म यति उठाउन सक्ने भएको छु । हाईस्कुलको दिनमा यही हल्का लाग्थ्यो । उनको यसबाहेक एक्सन फिल्म वार आउदै छ । उनको साथमा रितिक रोशन पनि देखिदै छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार