८२ बर्षिय हजुरामाले अदालत अघि आएर भनिन्, “यो उमेरमा मेरो केहि आशा छैन तर रविले न्याए पाउनु पर्यो बाबु” भन्दै मिडियामा भावुक बनिन् (भिडियो)

पत्रकार शालिकराम पुडासैनीको दुरुत्साहनको अभियोगमा अनुसन्धान, अभियोजन र न्यायिक निरूपण गर्ने निकाय रहेको क्षेत्रमा हुलदङ्गा र अशान्ति हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले भरतपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। शालिकराम पुडासैनी दुरुत्साहानको अभियोग लगाइएका रवि लामिछानेका समर्थकहरूले चितवनमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शकारीबीच झडपको स्थिति सिर्जना भएपछि विभिन्न स्थानहरूमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमवार बिहान ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो।

यसैबीच सोमवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा घोषणा गरेको चितवन बन्दको त्यहाँ सामान्य प्रभाव परेको देखिएको छ।न चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको बताइएको छ। उक्त प्रतिक्षालयमा विभिन्न नाराहरू लेखिएका थिए।

यसै क्ररममा रविको समर्थनमा युवा युवती मात्र होइन बालक देखि बृद्ध बृद्धाहरुको पनि सहभागी रहेको छ । बिभिन्न ठाउँबाट रविको समर्थन गर्ने भन्दै अदालतमा ठुलो संख्यामा सर्वसाधारण आइरहेका छन् । ८२ बर्षिय हजुराआमाले अदालत अघि आएर भनिन्, “यो उमेरमा मेरो केहि आशा छैन तर रविले न्याए पाउनु पर्यो बाबु” भन्दै मिडियामा भावुक बनिन्। पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै भनिन्, रविलाई अन्या परेको छ उसलाई न्याएदिन भनेर आएकी हुँ, आज निस्कने खबर पाएकी थिए भन्दै उनले रविको राम्रो हेर्न चाहेको सुनाइन् । रवि अन्याएमा परेका पिडितहरुको साथ् दिने मान्छे हो त्यसैले मैले साथ् दिन आएकी हुँ । बाँकि तलको भिडियोमा हेर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार